कस्सम!
चाहे बोराको पाइन्ट लगाउन किन नपरोस,
तेतिबेला सम्म धैर्य राख्छु म,
जतिबेला मेरो मेहनत चरम चुली पुगोस,
त्यस पश्चातको अमृत बर्षाले,
यो बोराको पाइन्ट,
मछिन्द्रनाथको भोटो जस्तै प्रसिद्द होस |
मैले बाटोका भिखारीहरु हेरे,
प्रकृतीलाई सोधे,
के यीनिहरुका लागि फल फालेका थिएनन् ?
प्रकृतीले जबाफ दिइन,
म सबैका लागि बराबर फले,
तिमी मानब नै हौ,
जसले यो अब्यबस्थित समाज को निर्माण गरेऊ |
कस्सम!
चाहे बोराको पाइन्ट लगाउन किन नपरोस,
तेतिबेला सम्म धैर्य राख्छु म,
जतिबेला कसैले भबिस्यको चिन्ताले
पैसा जम्मा गर्न नपरोस |
एस्तो सभ्य समाज होस,
बास,गास, कपास अनि
स्वास्थ्य, शिक्षा र रोजगारको
राष्ट्र स्वयं जिम्मेबार बन्न सकोस |
मैले कतै एस्तो अनौठो भेटे,
कोई कोई रातारात धनी भएको देखे ,
बिना मेहनत, निस्फिक्र नोटका बिटा गन्दैगरेको देखे |
मैले आफैलाई सोधे,
के एस्तो संयन्त्र बन्न सक्दैन ?
जहाँ कागजी नोट होइन,
फलानोले फलानो लाइ यस कारणले एति पैसा दियो,
भनि डाटाबेस बनाइयोस |
कस्सम!
चाहे बोराको पाइन्ट लगाउन किन नपरोस,
तेतिबेला सम्म धैर्य राख्छु म,
जतिबेला यी घुस्याहा र कालोबजारीको
नामोनिशान मेटियोस |
पैसाको प्रस्ट डाइनामिक नेटवर्क र फ्लो देखियोस |
घरबार बिहिन सुकुम्बासीको
कथा बाकीनै छ |
जग्गा दलालीको को त,
पराकाष्ठानै देखियो |
के एस्तो संयन्त्र बन्न सक्दैन ?
जग्गा सबै राष्ट्रियकरण होस्,
सबैलाई उचित छतिपुर्ती मिलोस |
आइन्दा जग्गा कसैको आफ्नो नहोस |
निश्चित समयका लागि राष्ट्रसंग
भाडामा लिनुपरोस |
देश भए सबै जग्गावाल,
देशै नभए सबै सुकुम्बासी |
कस्सम!
चाहे बोराको पाइन्ट लगाउन किन नपरोस,
तेतिबेला सम्म धैर्य राख्छु म,
जतिबेला जग्गा दलालको नामोनिशान मेटियोस |
बस्ति भन्दा पहिला पुर्बाधारको निर्माण होस् |
स्मार्ट सिटिमा सबैको बास होस् |
कति जंगलहरु खेति गर्न मासिए |
कति जडिबुटी लोप भए |
के एस्तो योजना बन्न सक्दैन ?
अल्का टावरहरु बनाइयोस,
सहरका कुना काप्चामै भर्टिकल फार्मिंग को बिकास होस् |
बाकी सबै भुमी प्रकृतीलाई
जिम्मा लागाइयोस |
सुन्दर, शान्त र हराभरा नेपालका
हिउचुलि हेर्न सबैको ताती लागोस |
कस्सम!
चाहे बोराको पाइन्ट लगाउन किन नपरोस,
तेतिबेला सम्म धैर्य राख्छु म,
जतिबेला हाम्रा लोप भएका
जडिबुटी र जीबहरूका डी. एन. ए. फेरी बनाइयोस र
प्रकृतीका सन्तान ऊनैलाई जिम्मा लगाइयोस |
- दिबाकर सिग्देल - कविता संग्रह बिन्दु र आकृती